लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

काठमाडौं- पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जिबी राई, रामबहादुर खनालसहितका व्यक्तिविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध सानोपाइला सहकारी संस्था ठगीमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको हो।

‘हामीले पक्राउ अनुमति मागेकोमा आज अदालतले पूर्जी जारी गरेको छ,’ पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने।

लामिछानेसहित जोशी र खनाल हिरासतमा छन्। लामिछानेसँग चितवन जिल्ला सरकारी वकिल कार्यालयले बयान लिइरहेको छ।

पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएकोबारे अनुसन्धान चलिरहेको छ। उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। उनीहरूलाई बयानमा लैजाने सम्भावना अधिक छ। सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जिबी, छवि, रवि र कुमार रम्तेल हुन्।

जिबी फरार छन् भने पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिएको छ। अब उनीहरूलाई पर्सा लगिने छ।

 


प्रकाशित : २०८१ मंसिर २०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप