लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आईपिएस प्रभातको कडा एक्सनः रक्सौलबाट २ अपराधी पक्राउ

सञ्जय मिश्रा
रौतहट २२ मंसीर। रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्लाको प्रहरी प्रमुखको रुपमा नया एसपी आईपिएस अफिसर सुवर्ण प्रभातको आगमनसँगै अपराधीहरुको रुवाबासी चलेको छ।

 

नेपालको आर्थिक राजधानीको रूपमा परिचित बिरगंजसँग जोडिएको भारतीय सहर रक्सौलमा भारु ४२ लाखको लागुऔषध बरामद गरेको केही समय न बित्दै प्रहरीले भारु ३५ हजारको ईनामी अपराधी सहित २ जना लाई पक्राउ गरेको छ। लामो समयदेखि फरारको सुचिमा रहेका अपराधीहरू एसपी प्रभातको कडाई पछी धमाधम हाजिर हुन थालेका छन्।

रक्सौल स्थित प्रहरीले ईनामी अपराधी सहित दुईजना लाई पक्राउ गरेको हो। बिशेष सूचनाको आधारमा प्रहरी र एएलटीएफले संयुक्त अपरेशन मार्फत भारतीय सीमाना नजिकै इनामी अपराधी सहित दुई जनालाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारु ३५ हजार रुपैयाँको इनामी अपराधी रक्सौल भन्दा १० किलोमिटर टाढा रघुनाथपुर गाउँ घरभएका  मोहन साहनीका छोरा २५ बर्षीय अमीर साहनी रहेको मोतीहारीका एसपी सुवर्ण प्रभातले बताएका छन्।

 

उनीसँगै अर्का अपराधी पश्चिम चम्पारण जिल्ला मझौलिया गाउँका बागड साहनीका छोरा देवानन्द साहनी रहेको एसपी प्रभातले जानकारी दिएका छन्। उनीहरूले  कालो रङको रङको स्कार्पियो गाडीमा बिरगंजबाट ठुलो परिमाणमा नेपाली बिभिन्न ब्राण्डको मदिरा ल्याउँदै गरेका थिए। एसपी प्रभातको निर्देशनमा मोतीहारी जिल्ला भरिनै प्रहरीले मदिरा तस्करी विरुद्धको अभियान नै सञ्चालन गरेको छ। केही दिन अघि मात्र रक्सौल प्रहरी थाना र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित बिरगंजका राजा हुसैन लाई  पक्राउ गरेको थियो।

तिनसाता अघी मोतीहारी जिल्ला प्रहरी प्रमुखको रूपमा एसपी सुवर्ण प्रभातले कार्यभार सम्हाले पछि तस्कर तथा अपराधी माझ खैलाबैला मचेको छ। एसपी प्रभातको निर्देशनमा लामो समयदेखि फरारको सूचीमा रहेका अपराधीलाई पक्राउ गर्न मोतीहारी प्रहरीले एउटा अभियान नै चलाएको छ। अभियान अन्तर्गत सामो अवधिमा १०० भन्दा बढी अपराधी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

त्यसैगरी एसपी प्रभातको कडा एक्सन पछी तस्कर र अपराधीको भागाभाग भएको एकजना स्थानिय समाजसेवी दिलीप कुमार सर्राफले बताएका छन्। एसपी प्रभातको आगमन पछि मोतीहारी जिल्लाका सम्पूर्ण प्रहरी ईकाई प्रमुखहरूको सेवाग्राही संग को ब्यवहार परिवर्तन भएको छ। कुनै पनि काम लिएर जाने सेवाग्राही संग स्वयं ईकाई प्रमुख भेटेर पहिले पानी ख्वाउने र त्यसको समस्या सुन्न एसपिले निर्देशन दिएका छन्।

 

एसपी सुवर्ण प्रभात स्वयं पनी उक्त नियमको पालना गर्दै दैनिक दर्जनौं सेवाग्राही संग भेटिरहेका छन्। यस अघि त्यहाँका थाना प्रमुख ठूला दलका नेताहरु संग मात्र भेट्ने सर्वसाधारण सेवाग्राही संग तलो तहका प्रहरी कर्मचारी मात्र भेट्ने गरेको स्थानीयहरूले गुनासो गर्दै आएका थिए।३४ बर्षीय आईपिएस अफिसर प्रभात सर्वसाधारण जनता संग जोडिए पछी मात्र उनको बास्तविक समस्या बुझेर समाधानको उपाय खोज्न सकिने बताएका छन्। उनको कार्यकुशलता मोतीहारी जिल्लाको लागी एउटा छुट्टै उदहारण बनेको त्यहाँका सञ्चारकर्मीहरुको भनाई रहेको छ।


प्रकाशित : २०८१ मंसिर २३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप