लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

vगरूडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाईने

सञ्जय मिश्रा
रौतहट १ पुस।
रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौंको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ।

मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक समारोहका बिच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाही गाउँमा  रामजानकी मन्दिरको  शिलान्यास गरेका हुन्।

जिर्ण अवस्थामा रहेको सो मन्दिरको पुनः निर्माण स्वरुप मन्दिरको शिलान्यास सम्पन्न भएको मेयर जैसवालले बताएका छन्।

धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु हामी  सबैको दायित्व रहेकोले हामीले त्यो दायित्व बोध गर्दै नगरस्तरिय बजेटबाट कुल ४५ लाख रुपैयाँको लागतमा मन्दिरको पुनः निर्माण थालेका छौं ।

 

धार्मिक तथा समाजिक संरचना निमार्णमा स्थानीयको सक्रियता र सहभागिता प्रशंसनिय रहेको छ, आगामी दिनमा यस मन्दिरको संरक्षणमा सबैले चासो देखाउनु हुनेमा बिश्वस्त छु मेयर जैसवालको भनाई रहेको छ।

 

मन्दिरको निर्माण यसै आर्थिक वर्षभित्र पूरा हुने जनाइएको छ।गरुडा नगरपालिकाको मेयरको जिम्मेवारि पाइदेखिनै मेयर कन्थमणि जैसवाल भौतिक पूर्वाधार निर्माणका साथै धार्मिक आस्था संग जोडिएको मठ मन्दिरहरु निर्माणमा पनि सक्रियता देखाएको नगरवासीले बताएका छन्।


प्रकाशित : २०८१ पुष १, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप