लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज 

काठमाडौं । गायक रमण रेग्मीले नयाँ गीत ‘बिछोडको घाउ’ ल्याएका छन्। प्रेममा बिछोडको भावको यो गीतमा रमणकै शब्द र किरण कँडेलको संगीत तथा एरेन्ज छ।

केशवराज भट्ट निर्देशित गीतको भिडियोमा प्रेम, प्राप्ति र बिछोडको कथा प्रस्तुत गरिएको छ। भिडियोमा केशवराज भट्ट, शिल्पा पोखरेल र अर्जुन खड्का फिचर्ड छन्।

केशवराज र शिल्पाको अभिनयलाई दर्शकले रुचाएको गायक रेग्मीले बताए। भिडियोमा त्रिकोणत्मक प्रेम कथा र प्रेम वियोगको भावलाई देखाइएको छ। जहाँ आँफुलाई भन्दा बढी माया गरेका प्रेमीलाई धोका दिएर शिल्पाले एक धनाड्य प्रेमी रोजेको कथालाई देखाइएको छ। केशवराजकै कोरियोग्राफी रहेको भिडियोमा विशाल थापा र नरेश ऐरको छायांकन छ।

कलर संयोजन तथा सम्पादन राकेश दाहालले गरेका हुन्। गीत ‘ रमण रेग्मी’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। गायक रेग्मीले यसअघि घर त लगन खेलको रिमेक भर्सन, मुखै चिलाउनी , खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ,लगायत गीत ल्याइसकेका छन्।


प्रकाशित : २०८१ पुष २, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप