लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चिनियाँ विदेश मन्त्रालयमा नयाँ प्रबक्ता, दैनिक बिफ्र गर्ने एक मात्र निकाय

बेइजिङ, २३ पुस । उत्तरी छिमेकी चीनले बिदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेको छ ।

 

विश्व राजनीति, अर्थ ब्यापार र सैन्य शक्तिको हिसाबले बिश्वको दोस्रो शक्तिशाली राष्ट्र चीनले बिदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेका हुन ।
चिनियाँ समाचार संस्था चाइना डेलीका अनुसार  ३५ औं विदेश मन्त्रालयका प्रवक्ताको रूपमा गुओ जियाकुनले पदभार ग्रहण गरेका छन । सो पत्रिकाका अनुसार ४४ वर्षीय गुओ २३ वर्षदेखि परराष्ट्र मन्त्रालयमा कार्यरत छन् र उनी कूटनीति र सञ्चार दुवै क्षेत्रमा अनुभवी मानिन्छन् ।

‘म चीनको विदेश नीति र चिनियाँ आधुनिकीकरणको अभ्यासलाई समयमै र सही रूपमा व्याख्या गर्न सक्दो प्रयास गर्नेछु,’ गुओले पदभार ग्रहण गरे पछि पत्रकारहरूसँग भने । पत्रकारहरूसँग मिलेर चीनको सही, बहुआयामिक र मनोरम छवि विश्वसामु प्रस्तुत गर्न लागि पर्ने प्रतिबद्दता पनि जनाएका छन् ।

 

विश्व भन्दा बाहिर रहेको र बन्द समाजिक परिपाटी बसालेको चीनले  १९८३ पछि मात्रै बिदेश मन्त्रालयमा प्रवक्ता प्रणाली लागू गरेको थियो, यस्तो अभ्यास सुरु गर्ने चीनको पहिलो सरकारी विभागसमेत हो । र, अहिले यो एक मात्र सरकारी विभाग हो, जसले प्रत्येक दिनमा नियमित चीनको धारणा विश्व सामु  ब्रिफिंग गर्दै आएको छ ।

 

 


प्रकाशित : २०८१ पुष २३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप