लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अमेरिकी प्रतिबन्धका बिच २० प्रतिशतले बढ्यो चीनकाे चिप्स निर्यात, ब्यापार १०३ ट्रिलियनको

बेइजिङ, २३ पुस । अमेरिकाले लगाएको धेरै प्रतिबन्धका बाबजुद पनि चीनको चिप उधोगमा अत्याधिक बृद्दी र निर्यात भएको छ ।

चाइना डेलीका अनुसार अमेरिकी प्रतिबन्धका बाबजुद पनि चीनको चिप उद्योगको द्रुत बृद्धिलाई रोक्न सकेको छैन, जसले लगातार आफ्नो उत्पादन र प्राविधिक क्षमताहरू विस्तार गरिरहेको जनाइएको छ ।

सन् २०२४ को पहिलो ११ महिनामा चीनको एकीकृत परिपथ निर्यात १.०३ ट्रिलियन युआन (१४१ अर्ब डलर) पुगेको छ, जुन वार्षिक रूपमा २०.३ प्रतिशतले बढेको चिनियाँ भन्सार प्रशासनले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

चिप उद्योगको अगाडि रहेको एकीकृत सर्किट डिजाइनले चिपको कार्यक्षमता, कार्यसम्पादन र लागतलाई प्रत्यक्ष असर गरेको छ, चिप उधोग झन शक्तिशाली र बलशाली हुदैँ गएको चिनियाँ उद्योग विशेषज्ञहरूले बताएका छन ।

सन् २०१८ मा अमेरिकाले चीनविरुद्ध प्राविधिक युद्ध सुरु गर्दा आइसी निर्यात मात्र ५५९ अर्ब चिनियाँ युआनमा सिमित रहेको थियो । तर, भन्सार प्रशासनको तथ्यांकले प्रतिबन्धले कुनै असर नगरेको बरू चीप निर्यात हजारौं गुना बढेको देखिएको छ ।

जो बाइडेनको प्रशासनले डिसेम्बर २३ मा चीन चिप्समा छानबिन गर्ने जनाए पछि निर्यातमा अत्याधिक वृद्धि भएको हो, जसले उच्च शुल्क लगाउने वा आयात प्रतिबन्ध निम्त्याउन सक्ने कारणले पनि यो उच्च माग भएको हो । यद्दपी, चीनले वासिङ्टनको सो कदमको कडा विरोध गरिरहेको छ।

गत महिना अमेरिकी वाणिज्य विभागको ब्यूरो अफ इन्डस्ट्री एण्ड सेक्युरिटीले चीनमा बनेका सेमी कन्डक्टर उत्पादन उपकरण र मेमोरी चिप्समा कडा प्रतिबन्धको घोषणा गरेको थियो, जसमा १४० अर्ध सरकारी कम्पनी सूचीमा राखिएको थियो ।

‘अमेरिकाले चिप्स र सम्बन्धित प्रविधिहरूमा निर्यात नियन्त्रणको निरन्तर कदम चाले पनि चीनको एकीकृत सर्किट निर्यात निरन्तर बढेको छ, यसले संकेत गर्दछ कि अमेरिकी प्रतिबन्धहरूले चीनको चिप उद्योगको विकास र विस्तारमा बाधा पुर्‍याएको छैन,’ सियाङ लिगाङ, महानिर्देशकले भने।

‘विगतका धेरै वर्षहरूमा अमेरिकी प्रतिबन्धहरूले चीनलाई आफ्नो चिप उद्योग श्रृंखलालाई अझ विकसित गर्न हौसला  दिएको छ, त्यसैले चिनियाँ कम्पनीहरू अझै पनि विश्वको सबैभन्दा उन्नत स्तरको उत्पादन, डिजाइन, प्याकेजिङ्ग र परीक्षणमा अगाडी बढिरहेका छन्, तिनीहरूले प्रत्येकमा उल्लेखनीय प्रगति गरेका छन्,’ उनले भने ।

विज्ञहरूले यसका लागि श्रेय बलियो नीति र स्पष्ट सरकारी निर्देशनलाई दिन्छ, जसले उद्योगको विकासको आधारलाई बलियो बनाएको छ।

चीनले मे महिनामा ३४४ अर्ब युआन पूँजीको साथ राष्ट्रिय एकीकृत सर्किट उद्योग लगानी कोषको तेस्रो चरणको सुरुवात गरेको छ, जसलाई ‘ठूलो कोष’ पनि भनिन्छ। कोषको अघिल्लो चरण २०१४ मा १३८.७ बिलियन युआन र २०१९ मा २०४.२ बिलियन युआन लगानी गरेको थियो ।

प्रकाशित : २०८१ पुष २३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोड भएका टंयाकरहरू जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिम बढेको छ ।  डिपोबाट दैनिक करिब ३ सय पेट्रोल, डिजेल र मट्टीतेल बोकेका टंयाकरहरू छुट्ने गर्छन् । काठमाडौँ, पोखरा, भैरहवा, विराटनगर, जनकपुरका लागि छुटेका गाडीहरू चालक, सहचालकहरूले पूर्व–पश्चिम राजमार्गअन्र्तगत अम्लेखगञ्ज सडकखण्डको २ किलोमिटर क्षेत्रमा जथाभावी पार्किङ गर्ने गरेका हुन् ।  एक वर्षदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन थालिएपछि प्रादेशिक डिपो अम्लेखगञ्जमा सवारीका चाप ह्रवात्तै बढेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ यसरी अतिप्रज्वलनशील पदार्थ बोकेका सवारी साधनका कारण सडक र बस्तीमा जोखिम बढेको बताउँछन् ।  ‘निगमले सवारी व्यवस्थापन गर्नुभन्दा झारा टार्ने काम मात्रै गरेको छ, मुख्य राजमार्गमा मान्छे हिड्ने ठाँउ छैन, जताततै टंयाकर पार्किङ गरेपछि धेरै समस्या भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘पहिला यस्तो समस्या थिएन, थोरै गाडी आउँथ्यो, अहिले पाइपलाइनबाट तेल आउन थालेपछि देशभरका ३/४ सय टंयाकर यहीँ आउछन् ।’ लोड भएर निश्चित ठाउँका लागि छुटेका टंयाकरका चालकहरूले खर्च बचाउन सडक र बस्तीमै गाडी राख्ने गरेका हुन् । ‘निगमले पाइपलाइन विस्तार गर्नुभन्दा पहिला नै पार्किङ व्यवस्थापन गनुपथ्यो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘यो निगमको समस्या र जिम्मेवारी हो, स्थानीय तहले यस्मा समाधान गरिदिनुपर्‍यो भनेर हुन्छ ?’   यस विषयमा शुक्रबार वडा कार्यलयमा स्थानीय जनप्रनितिधि, आयल निगम, सुरक्षा निकायका प्रतिनिधि, टंयाकर ढुवानी व्यवसायी संघ, नेपाल यातायात चालक संघबिच छलफल भएको थियो । उक्त छलफलमा राजमार्गको दायाँबायाँ टंयाकर नराख्ने निर्णय भएको थियो । साथै त्यसो गरेको पाइए कारबाही गरिने पनि लिखित सहमति भएको थियो ।  अखिल नेपाल मजदुर यातायात संघका अध्यक्ष  मानसिङ लामाले अम्लेखगञ्जबाट लोड भएर छुटेका गाडीहरू काठमाडौँ जान आठदेखि १० दिनमा पालो आउने भएकाले सडकमै पार्क गर्नु बाध्यात्मक अवस्था भएको बताए ।  ‘लोड भएको गाडी आफ्नो घरमा लगेर राख्न मिल्दैन, निगमको आफ्नो पार्किङ छैन,’ लामाले भने, ‘खाली गाडीमा समस्या छैन, लोड भएका टंयाकरहरू राख्न ठुलो समस्या हुन्छ ।’  निगमले एकैपटक १५० देखि दुई सय वटासम्म टंयाकरहरू पार्किङ गर्न सक्नेगरी ठाउँको व्यवस्थापन गर्नुपर्ने ढुवानी व्यवसायीहरूको माग छ । ‘दैनिक तीन सय गाडी लोड हुने निगममा पार्किङ गर्ने ठाउँ छैन,’ उनले भने  । यता निगम मधेश प्रादेशिक कार्यालय अम्लेखगञ्जका प्रमुख प्रलयङ्गर आचार्य भने निगमबाट लोड भएर छुटेका गाडीहरूलाई पार्किङ आवश्यक नभएको बताउँछन् । निश्चित डिपोका लागि लोड भएका गाडीहरू राजमार्गमा राख्न नमिल्ने पनि उनको भनाइ छ । ‘उनीहरूलाई सम्बन्धित ठाउँ; थानकोट, भैरहवा, विराटनगर कहाँ जाने हो, त्यहीँ पार्किङको व्यवस्था छ,’ उनले भने, ‘अब पार्किङको लागि जग्गा खोज्ने भन्ने पछिको कुरा हो, सरकारले बजेट दिन्छ/ दिँदैन यसै भन्न सकिँदैन ।’  आयल निगमले यसअघि पार्किङकै लागि अम्लेखगञ्ज डिपोसँगै रहेको नेपाल बिटुमिन  र नेपाल सिलिन्डर प्रालिको पाँच बिघाभन्दा धेरै जग्गा खरिद गर्ने चर्चा गरे पनि निश्चित भने हुन सकेको छैन । उक्त जग्गा खरिदका लागि निर्वतमान प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा पटक–पटक छलफल भएको थियो । 

  • समाचार
    थप

  • खोज खबर बिसेष
    थप