लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

पर्सा – पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय  रहेका छन्।

उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको लम्सालले बताए।

घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज  पुर्‍याइएको थियो। उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको लम्सालले बताए।

‘घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ,’ लम्सालले भने, ‘सामान्य कुटपिट हुँदा घाइते भएका हजुरबुवाको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो।’

लम्सालका अनुसार हजुरबुवाले वाइफाई बन्द गर्न नाति-नातिनीलाई अह्राएका थिए। किन बन्दै गर्ने भन्दै नाति-नातिनी हजुरबुवामाथि खनिएका थिए।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न छोराछोरीलाई उनीहरूलाई पक्राउ गरेको थियो।


प्रकाशित : २०८१ पुष २४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप