लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद

काठमाडौं- कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि थप गरिएको छ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १२ बजेबाट पदावधि सकिन लागेका डिआइजीहरूको एक वर्ष पदावधि थप गरेको हो।

पदावधि थपिनेहरूमा कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी रहेका छन्।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डिआइजीको पदावधि चार वर्ष हुन्छ।

उनीहरू २४ गते राति १२ बजेबाट अवकाशमा जान लागेका थिए। त्यसअघि नै मन्त्रिपरिषदले म्याद थप गरेको हो।

नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजी)को सिफारिसमा नेपाल सरकारले एआइजी र डिआइजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने प्रावधान छ।


प्रकाशित : २०८१ पुष २४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप