लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अवैध कल सेन्टरबाट भारतीयसहित ५३ जना पक्राउ

काठमाडौं – अवैध कल सेन्टर सञ्चालनमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकसहित ५३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडा‍मा लिई कल सेन्टर सञ्चालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीहरूलाई ल्यापटप ८५ थान, मोबाइल ९६ थान लगायतका इलेक्ट्रोनिक्स उपकरणहरूसहित पक्राउ गरिएको छ।

कल सेन्टरबाट सिंघम लोटरी, अन्ना लोटरी, भाउ लोटरी र इण्डसबेट लोटरी लगायतका ग्याम्ब्लिङ एप्सहरूको दुरूपयोग गरी डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाएर सट्टाबाजी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

पक्राउमध्ये दुई जना भारतीय नागरिकसमेत सात जना उपर सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित : २०८१ पुष २४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप