लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

लिवर्टी इनर्जीको सेयर लिलामी खुला हुँदै

काठमाडौं, पौष २८ । लिबर्टी ईनजी कम्पनी लिमिटेडले हकप्रदमा बिक्री नभएको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ८ लाख २६ हजार ५७४ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले माघ २ गतेदेखि ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।


प्रकाशित : २०८१ पुष २८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप