लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

शाहरूख, सलमानका बर्डीगार्डले लिन्छन २ करोड बढी पारिश्रमिक

। बलिउड स्टारहरूले आफ्नो सुरक्षाको विशेष ख्याल राख्नुपर्छ, त्यसैले सलमान खानदेखि शाहरुख खानसम्म सबैको व्यक्तिगत अंगरक्षक हुन्छ।

 

तर, जसको सबैभन्दा बढी चर्चा सलमानका अंगरक्षक शेरा र शाहरुखका अंगरक्षक रवि सिंहको हुने गर्दछ ।  हालैको पोडकास्टमा युसुफ इब्राहिमले यी दुईको कमाईको बारेमा धेरै खुलासा गरेका छन् ।

 

युसुफ इब्राहिम एक प्रसिद्ध सुरक्षा सल्लाहकार हुन्। उनले आफ्नो करियरको शुरुवाती दिनदेखि नै आलिया भट्ट र वरुण धवनलगायत धेरै ए–ग्रेड सेलिब्रेटीलाई सुरक्षा प्रदान गर्दै आएका छन्। हालै एक पोडकास्टमा प्रख्यात टिभी होस्ट सिद्धार्थ कन्ननले युसुफ इब्राहिमलाई सोधे कि शाहरुखका अंगरक्षक रवि सिंहले वार्षिक २.७ करोड भारु तलब पाउँने गरेका छन । इब्राहिमको जवाफ थियो, यो सम्भव छैन । अर्थात् युसुफ इब्राहिमका अनुसार रवि सिंहको तलबलाई लिएर चलिरहेको समाचारको कुनै औचित्य छैन ।

 

तर, सलमानका अंगरक्षक शेराको वार्षिक २ करोड कमाइको बारेमा सोध्दा युसुफले अर्कै जवाफ दिए । शेराको पनि आफ्नै सुरक्षा निकाय रहेको उनले बताए । यस बाहेक उनी धेरै व्यवसायमा पनि संलग्न छन्, त्यसैले सम्भव छ कि उनले यति धेरै आम्दानी गर्दैछन्। शेराको वास्तविक नाम गुरमीत सिंह जोली हो र उनी करिब दुई दशकदेखि सलमान खानको अंगरक्षकको रूपमा रहेका छन् । शेराले टाइगर सेक्युरिटीको नाममा आफ्नो एजेन्सी चलाउँछन् ।

 

उता, अक्षय कुमारका अंगरक्षक श्रेयसे ठेलेले वार्षिक १.२ करोड कमाउने बताइएको छ । यसबारे युसुफ इब्राहिमले भने, ‘मसँग उनको व्यक्तिगत जानकारी छैन । मासिक रुपमा हेर्दा १० देखि १२ लाख रुपैया हुन पनि सक्छ । वास्तवमा यो सुटिङ कार्यक्रम वा प्रमोशनको बिलिङ के भइरहेको छ, अंगरक्षकको तलब कति छ र सेलिब्रिटीहरूले महिनामा कति दिन काम गर्छन आदिमा भर पर्छ ।

 

यद्दपी, उनल भने सेलिब्रेटीको बडीगार्डहरूले करोडौं रकम लिने गरेका छन् ।


प्रकाशित : २०८१ पुष २८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप