लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मेरो माइक्रोफाइनान्सको माघ ४ गते वार्षिक साधारण सभा

काठमाडौं, पौष २९ । मेरो माइक्रोफाइनान्सको माघ ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।  सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०.६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम रहेकासेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन सक्नेछन् ।
सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा विहान साढे ११ बजे सुरु हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।


प्रकाशित : २०८१ पुष २९, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप