बैतडी । बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन।
सुर्नया गाउँपालिका–२ पनोला स्थित सतबाँझबाट लिसकिटातर्फ जाँदै गरेको से ५ प ३५७८ नम्बरको मोटरसाइकल र विपरित दि
शाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००२२ नम्बरको जिप सोमबार एकआपसमा ठोक्किदा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–२ का २५ वर्षीय दीपक चन्द घाइते घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित : २०८१ माघ १, मंगलवार : प्रकाशित


समाचार


