लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ब्राजिलमा भेटियो अचम्मको माछा, जसका दाँत छन मान्छेका जस्ता

रियो दि जिनरियो, १ माघ । संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ। जस्तो कि, आकार प्रकार फरक हुने देखी कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी हुन्छ।

 

यसै सिलसिलामा ब्राजिलमा माछाको नयाँ प्रजाति फेला परेको छ । अचम्म के भने यो माछाको दाँत मानिसको जस्तै देखिन्छ।

 

वास्तवमा ब्राजिलकी एक महिलाले खानको लागि बजारबाट माछा किनेर घरमा ल्याएकी थिइन् । ग्रिलिङका लागि सफा गरिरहेकै बेला अचानक उनको नजर माछाको दाँतमा पर्यो । माछाको दाँत देखेर उनको आँखा रसाए किनभने वास्तवमा माछाको दाँत मानिसको जस्तै देखिन्थ्यो, उनले यसअघि कुनै माछाको यस्तो दाँत देखेका थिइनन् ।

 

त्यसपछि ती महिलाले माछाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिन् । नेटिजन्सले माछाको दाँत सामान्यभन्दा अलि ठूला र मानिसको दाँतको आकारमा भएको पनि पाइन् । सामुद्रिक जीव वैज्ञानिकहरूका अनुसार माछाले पानीमा रहेको शेलफिस र अन्य ठोस चीजहरू खानका लागि मानवजस्तै दाँत विकास गर्दै आएको छ । अहिले जीव वैज्ञानिकहरू त्यो माछाको तौल र आकारबारे थप जानकारी सङ्कलनमा व्यस्त रहेको जनाइएको छ ।

 

मिडिया रिपोर्टका अनुसार त्यस्तो माछा भेटने महिलाको नाम पाउला हो। खासमा उनी आफ्नो परिवारको खानाको लागि माछा ग्रिल गर्दै थिइन्। यसै क्रममा अचानक उनको नजर माछाको दाँतमा पर्यो र ती दाँत सामान्य भन्दा ठूला देखिएका थिए । पाउलाले माछाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा उनले माछालाई मुख खोलेको देखिरहेको थियो । यो भिडियोमा माछाको बङ्गारा र दाँत मानिसको जस्तै देखिए पछि अहिले सर्बत्र चासोका साथ हेरिन थालेको छ ।


प्रकाशित : २०८१ माघ १, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप