लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एप्पलकी मालिक्नी गेरू बस्त्रमा महाकुम्भ देखिइन, बसिन कल्पबासमा

प्रयागराज, १ माघ । उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । महाकुम्भको स्वदेशमा मात्र नभई विदेशमा पनि निकै चर्चा भइरहेको छ । महाकुम्भमा विदेशी भक्तजनको भीड लागेको छ ।

 

यसैबिच, एप्पल कम्पनीका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल पनि प्रयागराज आइपुगेकी छिन् । त्यसपछि उनी गुरु स्वामी कैलाशानन्द महाराजको आश्रममा पनि गएकी थिइन्, उनी त्यही नै रहने छिन् । लरेन पावेल प्रयागराजमा कल्पवास बिताउनका लागि आएकी हुन ।

लरेन पावेल ४० सदस्यीय टोली लिएर महाकुम्भमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लरेन पावेलले महाकुम्भलगायत धेरै अनुष्ठानमा भाग लिदैँछिन  । हिजो अर्थात १३ जनवरीमाउनी भिक्षुको भेषमा महाकुम्भमा देखा परेकी थिइन्। उनको शरीरमा भगवा कपडा थियो र उनी रुद्राक्षको माला लगाएर साध्वीजस्तै देखिएकी थिइन । अब लौरेन पावेल प्रयागराजमा कल्पवास बिताउने जनाइएको छ । यस अबधिका लागि उनको नाम कमला राखिएको छ र उनले अब प्रयागराजमा केही दिन साध्वीजस्तै बिताउने छिन।

 

कल्पवासका लागि संगमको किनारमा शिविर लगाउनुपर्छ र केही समय विशेष नियममा बस्नु पर्छ। मान्यता अनुसार कल्पवासलाई मानिसको आध्यात्मिक विकासको माध्यम मानिन्छ । माघ महिनाभर संगममा बसेर निर्धारित नियमको पालना गरी पुण्य प्राप्त गर्नुलाई कल्पवास भनिन्छ। यस समयमा भक्तहरूलाई सफा सेतो वा पहेंलो रंगको लुगा लगाउन सल्लाह दिइन्छ।

 

शास्त्र अनुसार कल्पवासको न्यूनतम अवधि एक रात हुन सक्छ। यो कल्प तीन रात, तीन महिना, छ महिना, छ वर्ष, १२ वर्ष वा जीवनभर गर्न सकिन्छ। अब लरेन पावेल कति दिन कल्पवासमा बस्छिन, त्यो भने खुल्न सकेको छैन ।

 

लरेन पावेलको सनातन धर्ममा गहिरो आस्था छ। यससँगै उनी गुरु स्वामी कैलाशानन्दलाई आफ्नो गुरु मान्छिन् । गत शनिबार उनी निरञ्जनी अखाडास्थित स्वामी कैलाशानन्द गिरीका आचार्य महामंडलेश्वरको आश्रम पुगेकी थिइन् । यससँगै उनी काशी विश्वनाथ मन्दिरमा पनि पुगिन्, जहाँ उनले पूजाअर्चना गरेकी थिइन् ।


प्रकाशित : २०८१ माघ १, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप