लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

रामचरणको गेम चेञ्जरलाइ टक्कर दिदैँ अघि बढयो बालकृष्णको ‘डाकु महाराज’

मुम्बइ, २ माघ । बक्स अफिसमा दुई फिल्मबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै फिल्म साउथका हुन् । एउटा फिल्म गेम चेन्जर र अर्को फिल्म हो– डाकु महाराज । साउथका उत्कृष्ट स्टार मानिने अभिनेता नन्दमुरी बालकृष्णको फिल्म डाकु महाराजले बक्स अफिसमा अचम्मको व्यापार गरिरहेको छ ।

 

फिल्मले रिलिजको पहिलो दुई दिनमा करिब ४० करोडको व्यापार गरेर दर्शकलाई चकित बनाएको छ । मकर संक्रान्तिको बिदामा चलचित्रले बढी नाफा कमाउने बताइएको छ । डाकु महाराज आइतबार नै रिलिज भएको फिल्मले पहिलो दिन नै करिब २५ करोड ३५ लाख कमाएको थियो भने दोस्रो दिन १३.८ करोड कमाएको छ र यसको कुल कमाई लगभग ४० करोड बनाएको छ।

 

सो फिल्मलाई लिएर निकै सकारात्मक प्रतिक्रिया आइरहेको कारण दक्षिण दर्शक फिल्म हेर्न आउने गरेको बताइएको छ । बबी कोलीको निर्देशनमा बनेको यो एक्सन फिल्म रामचरणको भर्खरै रिलिज भएको गेम चेन्जरको तुलनामा कम आंकलन गरिएको थियो किनभने यसको धेरै प्रचार गरिएको थिएन। यद्यपि गेम चेन्जरको बजेट डाकु महाराजको भन्दा धेरै थियो, तर पनि डाकु महाराजले दुई दिनमै राम्रो कमाई गरेर बक्स अफिसको खेल नै बदलिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

फिल्ममा नन्दमुरी बालकृष्ण बाहेक बबी देओल, श्रद्धा श्रीनाथ, प्रज्ञा जैसवाल र मार्कण्ड देशपांडेको अभिनय रहेको छ । तर यस्तो अवस्थामा नन्दमुरी बालकृष्णको यो एक्सन थ्रिलर धेरै कमाई गर्न सफल भएको छ । कमाईको क्रम यस्तै रह्यो भने फिल्मले एक हप्तामा सय करोड कमाउन सक्ने अहिले नै बताइएको छ । फिल्ममा डकैत राजाको भूमिका निभाएका बालकृष्णको यो १०९औँ फिल्म हो । चलचित्रको कथा एक आम मानिस चम्बलको डाँकु बन्ने यात्रासँग जोडिएको छ ।


प्रकाशित : २०८१ माघ २, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप