लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हसिना समर्थक ११ जनाको युनुस सरकारकाे हिरासतमा मृत्यु

ढाका, २ माघ । बंगलादेशको गाजीपुर जेलमा रहेका शेख हसिनाको पार्टीसँग सम्बद्ध एक मजदुर नेताको रहस्यमय अवस्थामा मृत्यु भएको छ ।

 

यससँगै बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुस सत्तामा आएपछि अहिलेसम्म पूर्व प्रधानमन्त्री हसिनाको पार्टीका ११ जनाको प्रहरी हिरासत र जेलमा मृत्यु भइसकेको छ । साथै, सो अघि प्रदर्शनका क्रममा १५० जनाको मृत्यु भएको सार्बजनिक गरिएको थियो ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना र उनको पार्टी अवामी लिगसँग सम्बद्ध व्यक्तिहरूको प्रहरी हिरासतमा मृत्यु हुने क्रम जारी रहेको मानव अधिकारवादी संघ संस्थाले जनाएका छन् । तर, चाखलाग्दो कुरा के छ भने यी व्यक्तिलाई कुन अभियोगमा हिरासतमा राखिएको छ भन्ने कुरा सबन्धित स्थानीय प्रहरी चौकीसमेत अनबिज्ञ रहेका छन् ।

 

खासमा बंगलादेशको गाजीपुर जिल्ला जेलमा रहेका श्रमिक लिगका नेता शेख जहीरुल इस्लामको रहस्यमय अवस्थामा मृत्यु भए पछि यी कुरा सार्बजनिक हुन थालेका हुन । जहीरुल इस्लाम श्रीपुर उप जिल्लाको माओना युनियनअन्तर्गत सिन्धिघी गाउँका बासिन्दा उनी श्रीपुर इकाईको महासचिवको जिम्मेवारीमा थिए ।

 

‘चाखलाग्दो कुरा के छ भने श्रीपुर पुलिस स्टेशन इन्चार्जलाई पनि थाहा छैन कि शेख जहीरुल इस्लामलाई कुन मुद्दामा जेलमा राखिएको थियो’ मृतकका एक आफान्तले भने । उनका अनुसार श्रमीक लिगका महासचिवका पीता मुजिबुर रहमान र भाइ पनि जेलमा नै कैदीको रूपमा रहेका छन् ।

 

गाजीपुर जेलका सुपरिटेन्डेन्टले भने कि डिसेम्बर ६ मा हत्याका आरोपीलाई अदालतमार्फत गाजीपुर जिल्ला जेल पठाइएको थियो तर गाजीपुर जिल्ला कारागारमा आइतबार साँझ ४ः४० बजे उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु हुन पुगेको हो ।

 

चाखलाग्दो कुरा के छ भने यस विषयमा न त कुनै मानवअधिकार संगठनले चिन्ता उठाएको छ न युनुस सरकारले यस सम्बन्धमा कुनै वक्तव्य जारी गरेको छ । यसअघि बंगलादेशको एक मानवअधिकार संगठनले युनुस सरकार सत्तामा आए देखि प्रदर्शनका क्रममा शेख हसिनाको पार्टीका करिब १५० जनाको ज्यान गएको बताएको थियो ।


प्रकाशित : २०८१ माघ २, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप