लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

प्याब्सन कैलालीको १५औं अधिवेशन सम्पन्न, अध्यक्षमा जयकृष्ण विजयी 

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन कैलालीको १५औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाको प्रमुख आतिथ्यतामा धनगढीमा अधिवेशन सम्पन्न भएको हो।

कैलाली जिल्लाभरीका प्याब्सन कैलालीमा आवद्ध निजी विद्यालयका संस्थापक प्रिन्सिपल, प्रतिनिधी सहभागी अधिवेशनबाट जयकृष्ण तिमिल्सिना ७८ मतका साथ अध्यक्षमा विजयी भएका छन्। उनका प्रत्यासी पदम सिंह साउदले ६३ मत प्राप्त गरे।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा छत्रराज पन्डितले ८० मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रत्यासी नरेन्द्रबहादुर सिंहले ६२ मत ल्याए। उपाध्यक्षमा राजबहादुर बुढाले ८९ मतका साथ विजयी हुँदा श्यामबहादुर खत्रीले ५३ मत मात्र ल्याउन सके।

सचिवमा चेतराज देककोटा ७९ मत प्राप्त गरी विजयी बने। उनका प्रत्यासी गोविन्द शाहले ६४ मत प्राप्त गरे। त्यस्तै कोषाध्यक्षमा मानबहादुर चन्दले ७७ मत प्राप्त गरी जित हासिल गर्दा प्रत्यासी जगन्नाथ जोराले ६४ मत प्राप्त गरे।

सहसचिव जनक बहादुर बिष्ट, सहकोषाध्यक्षमा मोहन प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सदस्यमा डिकेन्द्र जंग कुवर, तेजराज कुवर, हिरादत्त भट्ट, लोकराज पन्त, रमेश शाही, भुपेन्द्र तिमिल्सिना, पुष्कर भट्ट, पुष्कर मल्ल, गोरे डङौरा थारू, माधव थापा बुढा मगर र मनोज चौधरी निर्विरोध निर्वाचित भएका छन्।

कार्यक्रममा प्याब्सन कैलालीका तर्फबाट प्रमुख अतिथि देउवालगात शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने एवं प्याब्सन कैलालीको पूर्वसमिति अध्यक्ष तथा विभिन्न तहमा रहेर निजी तथा आवासीय विद्यालयको संरक्षण, सम्बर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ब्यक्तिलाई सम्मान गरिएको थियो।

निजी विद्यालयले राष्ट्रमा खेलेको उल्लेखनीय भूमिकाको प्रसंशा गर्दै प्रमुख अतिथी देउवाले आगामी दिनमासमेत गुणस्तरीय शिक्षा प्रदान गर्नमा निजी विद्यालयले भूमिका खेल्नु पर्ने बताए। राज्य र आफू पनि निजी विद्यालयको सकारात्मक पाटोमा सहयोगी बन्ने उनको भनाइ छ।

उद्घाटन कायक्रममा पूर्वकेन्द्रीय सदस्य सिताराम बुढाथोकी, रामजी हमाल, वर्तमान केन्द्रीय सदस्य योगेन्द्र हमाल, सीवी चन्द, प्याब्सन पूर्वकेन्द्रीय उपाध्यक्ष कैलाश प्रसाद दाहाल, वर्तमान केन्द्रीय उपाध्यक्ष जगवीर थापा, वरिष्ठ उपाध्यक्ष डिल्लीराज देवकोटा र चेतराज देवकोटाले आफ्ना धारणा राखेका थिए।


प्रकाशित : २०८१ माघ ३, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप