लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ब्राउसुगरसहित सिरहामा दुई जना पक्राउ

सिरहा – पछिल्लो समय सिरहामा प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाइएको छ।

करिब ४६ किलोमिटर खुला सीमा नाका रहेको सिरहामा प्रहरी प्रशासनको फितलो निगरानीका कारण लागुऔषध कारोबारीले सजिलै नेपालबाट भारतीय बजारसम्म प्रतिबन्धित लागुपदार्थ गाँजा पुर्‍याउने र उताबाट ब्राउन सुगर, कोरेक्स, ट्याबलेटलगायत नेपाल भित्र्याउने गरेको पाइएको हो।

बिहीआार मात्र प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। भारतीय बजारबाट नेपालतर्फ ल्याउँदै ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले सिरहा नगरपालिका वडा १७ खैरटोका भन्सार गेटबाटै पक्राउ गरेको छ।

मोटरसाइकल चेकजाँचको क्रममा पाँच ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित गोलबजार-७ बस्ने २५ वर्षीय हृदय सिंह र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र यादवलाई  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालिएको छ।

यता, प्रहरी प्रशासन र स्थानीय सरकारहरूले लागुऔषध विरुद्धको दिवस मनाएर मात्रै वर्षेनी लाखौ खर्चिने गर्छन्।

स्थानीय सरकारहरूले यसको नियमन, अनुगमन, नियन्त्रण र जरीवाना लगायतको कुनै ठोस निर्णय लिन नसकेकाले लागुऔषध तस्कर तथा प्रयोगकर्ताहरूले चुनौती दिइरहेका छन्।


प्रकाशित : २०८१ माघ १०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप