लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

मुगुमा खुल्ला पुरुष भलिबल प्रतियोगिता

मुगु, १७ माघ  । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मुगुको आयोजनामा मुगुमा खुल्ला पुरुष भलिबल सुरु भएको छ ।

 

नेकपा एमाले मुगुका अध्यक्ष पुर्ण बहादुर रोकायाले प्रतियोगिताको उद्धघाटन गर्दे खुला पुरुष भलिवल खेल सञ्चालन भएको हो । पहिलाे दिनकाे खेलमा दुई खेल सम्पन्न भएका छन् ।  पहिलो खेलमा छायानाथ रारा नगरपालिका र सिडिएस पार्क गम्था बिच भएको थियो उक्त खेलमा नगरपालिका लाई हराउदै सिडिएस पार्क खत्याड गम्थाले पहिलो जित हात पारेको छ । नगरपालिका लाई सिडिएस पार्कले दुई–एक सेटले हराएको छ ।

दोश्रो खेलमा हुम्ला र डिएफसि मुगु बिच भएको खेलमा महादेव हुम्लालाई डिएफसिले सोझो सेटमा हराएको खेलपे्रमि गणेश सेजुवालले जानकारी दिए । उक्त प्रतियोगितामा १० जना टिमले सहभागिता जनाएका छन् भने खेल १८ गते सम्म सञ्चालन हुनुका साथै खेल नक आउटमा खेलाईएको नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य तथा मुगु जिल्ला इन्चार्ज जेट बहादुर विकले बताए ।

 

उनका अनुसार खेलकुदको विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म ध्यानाकर्षणको लागि खुल्ला भलिबलको आयोजना गरिएको छ । एकातिर मुगुमा खेलमैदान नहुँदा खेल गतिविधि सञ्चालनका लागि समस्या छ । त्यहि पनि रारा बोर्डिङको साँगुरो मैदानमा खेलकुद कार्यक्रम सञ्चालन गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खुल्ला पुरुष भलिबल आयोजना गरिएको उनको भनाई छ । १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको बिजेताले ४० हजार पुरस्कार पाउने छन् ।


प्रकाशित : २०८१ माघ १७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप