लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या

काठमाडौं, १८ माघ । इराकी कुरान जलाउने सलवान मोमिकाको स्वीडेनमा हत्या गरिएको छ ।

 

स्थानीय सञ्चारमाध्यमका अनुसार साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्वीडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।

 

मिडिया रिपोर्टका अनुसार सलवानको हत्याको भिडियो सीसीटीभीमा कैद भएको बताइएको छ किनभने यो गोलीबारी हुनु केही समय अघि लाइभ स्ट्रिममा आएको बताइएको छ। मृत्यु हुनेमा ३८ वर्षीय सलवान मोमिका रहेको प्रहरीले पुष्टि गरेको छ ।

 

मोमिकालाई लगातार इराकी कुरान जलाएकोमा ज्यान मार्ने धम्की आइरहेको थियो । सन् २०२३ को इद उल अजहा (बकर इद) भन्दा ठीक अघि उनले स्वीडेनमा इस्लाम धर्मको पवित्र पुस्तक कुरान जलाएका थिए । यसका लागि उनले अनुमति पनि मागेका थिए र स्थानिय प्रहरीले पनि त्यसका लागि अनुमति दिएको थियो । त्यसपछि उनले कुरान जलाएर विरोध जनाएका थिए ।

 

इराकका सलवान मोमिका इस्लामिक विचार र विश्वासका आलोचक हुन्। मोमिकाले आफू स्विडेन नाटोमा सामेल हुने विरुद्ध नभई इस्लामको विरोधमा कुरान जलाउन चाहेको बताएका थिए । कुरान जलाउनु अघि उनले भनेका थिए, ‘स्वीडेन उठ, यो लोकतन्त्र हो।’ मोमिकाले कुरान जलाए पछि धेरै मुस्लिम देशहरूले यसको कडा निन्दा गरेकासमेत थिए ।

 

तर, पछि उनले स्वीडेन छोडेर नर्वेमा शरण लिने योजना बनाइरहेका थिए । किनभने, स्विडेनी सरकारले उनको निवास अनुमति रद्द गरेको थियो। मोमिका स्वीडेन एक इराकी शरणार्थी हुन । स्विडेन छाड्ने विषयमा मोमिकाले स्वीडेनमा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको संरक्षण ठूलो झूट भएको बताउँदै आएका थिए ।


प्रकाशित : २०८१ माघ १८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप