लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रौतहट स्तरिय साईकल दौंड प्रतियोगितमा रानीकुमारी प्रथम

ृरौतहट ७ फागुन।
रौतहट जिल्ला स्तरीय साईकल दौड प्रतियोगितामा रानी कुमारी यादव प्रथम स्थान ल्याउन सफल भएकी छिन्।

 

राजदेवी मीडिया सेन्टरले आयोजना गरेको १२ औ जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता बुधवार उनी प्रथम भएकी हुन्।

प्रतियोगितामा प्रथम राजदेवी नगरपालिकामा ६ की रानी कुमारी यादव, दोस्रोस्थानमा वडा २ की सन्जनी कुमारी यादव ,   वडा ६ की रबिना कुमारी साह तेस्रोस्थान हासिल गरेको आयोजक मीडिया सेन्टरका अध्यक्ष रामपुकार राउतले बताएका छन्।

 

बुधवार एक समारोहको आयोजना गरी प्रमुख अतिथी मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले  महिला साइकल दौड प्रतियोगितामा प्रथम रानी कुमारी यादव लाई ५० हजार, दोस्रो सन्जनी कुमारी यादव लाई ३० हजार, तेस्रो रबिना साह लाई २० हजार रुपैयाँको  चेक हसतान्तरण गरेका छन्।

 

कार्यक्रममा प्रदेश सभामुख मण्डलका साथै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज अजय कुमार गुप्ता, केन्द्रिय लेखा आयोग सदस्य राजकिशोर यादव, प्रदेश सांसद नागेन्द्र साह सेन्टर अध्यक्ष राउत, लगायतको सहभागिता रहेको थियो।
फाईनल प्रतियोगितामा सहभागी सबै १५ जना बालिकाहरू लाई प्रोत्साहन स्वरूप साईकल प्रदान गरिएको आयोजकले न्युज कारखाना लाई जनाएको छ।

महिला सशक्तिकरणका लागि राजदेवी मिडिया सेन्टरले २०६८ साल देखि प्रत्येक बर्ष महिला साइकल दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ। कोरोनाकालमा भएको थिएन।


प्रकाशित : २०८१ फाल्गुन ७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप