लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने

काठमाडौँ । १४औं दक्षिण एसियाली खेलकुद (साग) २०२६ को जनवरीमा पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली खेलकुद महासंघको सोमबार लाहोरमा भएको बैठकले २०२६ को जनवरीमा १४औं साग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष करिब साहिदको अध्यक्षमा भएको बैठकमा महासंघका सबै सात सदस्यको सहभागिता रहेको थियो । त्यसमध्ये भारतको ओलम्पिक कमिटीका प्रतिनिधिले अनलाइनबाट सहभागिता जनाएका थिए । नेपालका तर्फबाट बैठकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भाग लिएका थिए ।

बैठकले गरेको सर्वसम्मत निर्णयअनुसार अबको साग २०२६ को जनवरी २३ देखि ३१ सम्म आयोजना हुनेछ । प्रतियोगिता पाकिस्तानका तीन सहरमा हुनेछ । ती सहरमा लाहोर, इस्लामावाद र फैसलावाद रहेका छन् । प्रतियोगितामा कुल २७ खेल समावेश गरिएको छ । त्यसमध्ये दुई खेल आयोजक पाकिस्तानको रोजाईको रहेको छ । बाँकी २५ खेलमा कम्तिमा चार देशको सहभागिता नरहने खेललाई हटाइने छ ।

खेलमा समावेश हुने स्पर्धालाई लिएर अब आउने मार्चमा बैठक हुनेछ र अन्तिम निर्णय अप्रिलमा हुनेछ । अप्रिलमा हुने बैठकपछि टेक्निकल बुक वितरण गरिने छ ।


प्रकाशित : २०८१ फाल्गुन १३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप