लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ताप्लेजुङको निषेधाज्ञा हटाइयो

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा समितिको फागुन १३ मा बसेको बैठकको सिफारिसबमोजिम निषेध आदेश हटाइएको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ देखि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएको थियो । झडपको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ २४ जना घाइते भएका थिए । आन्दोलनकारी तर्फका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : २०८१ फाल्गुन १४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप