लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दयाहाङ र विजय अभिनित फिल्म ‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो ।

निर्देशक सुरेन्द्र पौडेलका अनुसार यो चलचित्र तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।

नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय चलचित्र हो । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । छायांकन एक सातापछि बाट सुरु गर्ने तयारी गरिएको छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ । सिनेमामा मन कृष्ण महर्जन डिओपी रहने छ  । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ ।

‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ । चलचित्र सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जनप्रधान हुने निर्माण पक्षले जनाएको छ ।


प्रकाशित : २०८१ फाल्गुन १५, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप