लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विनोद पौडेलले ‘अभिमन्यु’ चलचित्र बनाउने, हिन्दी भाषामा पनि रिलिज हुने

काठमाडौं, १८ फागुन । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र आगामी साउन २४ गते रिलिज हुने जानकारी पनि गराएका छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

निर्माण पक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन । चलचित्र हिन्दी र नेपाली दुवै भाषामा रिलिज हुने छ । पौडेलले केही समयअघि ‘पूर्ण बहादुरको सारंगी २’ निर्माणको घोषणा गरेका थिए । सो चलचित्रको सुटिङ सुरु भएको भने छैन ।

यसअघि नेपाली सिने क्षेत्रमा ‘अभिमन्यु’ चलचित्र निर्माण भई प्रदर्शनसमेत भइसकेको छ । सो चलचित्रका लेखक मौनता श्रेष्ठ हुन् । निखिल उप्रेतीको लिड रोल अभिमन्युमा थियो ।


प्रकाशित : २०८१ फाल्गुन १८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप