लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हिमालय पब्लिक बोर्डिङ स्कुलका विद्यार्थीले गरे विज्ञान प्रदर्शनी

मुकेशकुमार यादव

सिरहा, १८ फागुन। सिरहाको गोलबजार–६ स्थित हिमालय पब्लिक बोर्डिङ स्कुलको ‘द हिमालयन आर्ट एण्ड साइन्स फायर’ मा विद्यार्थीहरुले विज्ञान प्रदर्शन गरेका छन्। स्कुल प्राङ्गणमा आयोजित ‘द हिमालयन आर्ट एण्ड साइन्स फायर’मा विद्यार्थीले निर्माण गरेका विभिन्न सामग्रीहरू प्रदर्शन गरेका हुन्। प्रदर्शनीमा ग्रीन हाउस, सोलार सिस्टम, हाइड्रोलिक क्रेन, पानी शुद्धीकरण प्रणाली, इलेक्ट्रिक मोटर, तथा अन्य विज्ञानसँग सम्बन्धित यन्त्र र तीनका मोडलहरु प्रदर्शन गरेका थिए।

विद्यार्थीमा रहेको आन्तरिक क्षमता विकास गर्ने र पढाइलाई व्यवाहारमा व्यक्त गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको विद्यालयका संस्थापक पुरुषोत्तम बुढाथोकीले जानकारी दिए। उनले भने, ‘पढाइसँगै विद्यार्थीको सृजनात्मक क्षमता प्रदर्शन गर्न, वैज्ञानिक प्रयोग र अध्ययनलाई व्यावहारिक रूपमा प्रस्तुतगर्ने अवसर विद्यायले जुटाएको हो। यसले विद्यार्थीको मनोबल र उनीहरुको आन्तरिक क्षमता प्रस्तुत हुने देखिन्छ।’

प्रदर्शनीले विज्ञान केवल किताबी ज्ञानका रूपमा मात्र नभई दैनिक जीवनसँग जोडेर बुझ्ने व्यावहारिक ज्ञान विद्यार्थीमा थपीको संस्थापक बुढाथोकिले बताए।  उनले भने, ‘यस प्रकारका गतिविधिले अनुसन्धानात्मक चेतको विकास हने, सिर्जनशीलता अभिवृद्धि हुने, पढेका विषयलाई व्यवहारिक रुपमा बुझ्ने र विद्यार्थीको बुझाई तथा सिकाइमा दिगोपना आउँछ।’

विद्यार्थीले नयाँ आविष्कारहरू प्रस्तुत गरिएको उक्त प्रदर्शनीमा वैज्ञानिक सोच र सिर्जनशीलता झल्किएको अभिभावक समेत रहेका गोलबजार नगरपालिका ४ का वडा अध्यक्ष सकलदेव यादवले बताए। उनले भने, ‘यस प्रकारका गतिविधिले विद्यार्थीको पढाई प्रति आशक्ति विकास हुने र बुझाई पनि फराकिलो हुने देखें। अवका दिनहरुको यस्ता प्रदर्शनीलाई नगरस्तीय रुपमा आयोजना गर्न आवश्यक छ।’

विद्यालय प्रशासन प्रमुख मानबहादुर लामाले यस्ता खालका प्रदर्शनी तथा सृजनात्मक गतिविधिहरुलाई विद्यालयले निरन्ता दिने प्रतिबद्धता जनाए। उनले यो प्रकारको कार्यक्रमले विद्यार्थीहरूलाई नवीन प्रयोग र अनुसन्धानतर्फ प्रेरित गर्छ भन्ने जानेरै आयोजना गरेको बताए।


प्रकाशित : २०८१ फाल्गुन १८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप