लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आपराधिक लाभ लिने व्यक्ति पक्राउ

काठमाडौं, ९ चैत । आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

 

सर्लाही धनकौल गाउँपालिका–२ ठेगाना भई भक्तपुर सूर्यबिनायक नगरपालिका–२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

 

आपराधिक लाभ लिने उद्देश्य सहित योजनावद्ध तवरले धाक धम्की दिई अपहरण समेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गुप्तालाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो ।

 

उनलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


प्रकाशित : २०८१ चैत्र ९, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप