लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

डेढ करोडको बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं-  बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएका ३६ वर्षीय विराज तामाङ छन्।

तामाङलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार इन्दिरा खड्का लगायतका व्यक्तिहरूको जाहेरीका आधारमा दायर भएको बैकिङ कसुर मुद्दामा उनी फरार रहेका थिए।

उनलाई अनुसन्धानका लागि महाराजगन्ज प्रहरी वृत्तमा पठाइएको छ। उनीविरूद्ध एक करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको बिगो रहेको छ।

प्रहरी अभिलेख अनुसार तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयहरूमा नौ वटा मुद्दा दर्ता छन्, जसमा बैकिङ कसुरसँग सम्बन्धित आर्थिक अपराधहरू समेटिएका छन्।

प्रहरीले तामाङलाई अदालतसमक्ष पेश गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।


प्रकाशित : २०८१ चैत्र १३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप