लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान

काठमाडौं, २२ चैत । सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् ।

 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट बर्खास्त गरेको जिकिर गरेका छन ।

 

उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनको  बक्यौता महशुल उठाउन खोज्नु नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको जनाउँदै उनले बक्यौता नउठाउने गरी आएका दबाब र आग्रहलाई स्वीकार नगर्दा पदबाट हट्नुपर्ने अवस्था आएको जनाएका हुन् ।

‘बक्यौता रकम नउठाउने गरी आएका दबाब र आग्रहलाई मेरो कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राज्यप्रति घात गर्न मेरो नैतिकताले दिएन,’ उनले भने, ‘यसकारण बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो।’


प्रकाशित : २०८१ चैत्र २२, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप