लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इरानकाे कोइला खानीमा ३ अफगानीसहित ७ को मृत्यु

तेहरान, २७ चैत । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ ।

 

सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी मृत्यु भएका मध्ये ३ जना कामदार अफगानिस्तानको रहेका छन् । समाचार अनुसार राजधानी तेहरानबाट करिब २७० किलोमिटर उत्तरपश्चिममा रहेको दमघान सहर नजिक उक्त दुर्घटना भएको हो ।

 

राष्ट्रपति मसुद पेजेस्कियानले छानबिन गर्न आदेश दिएका छन्। समाचारमा भनिएको छ कि पहिलो नजरमा यो खानीमा सुरक्षा उपायहरूलाई बेवास्ता गरिएको देखिन्छ।

 

इरानमा हरेक वर्ष औद्योगिक दुर्घटनामा करिब ७ सय कामदारको मृत्यु हुने गरेको छ । गत हप्ता पनि उत्तरपश्चिम इरानमा फलाम खानी भत्किँदा त्यहाँ काम गर्ने एक कामदारको मृत्यु भएको थियो।

सेप्टेम्बरमा पनि पूर्वी इरानको कोइला खानीमा विस्फोट हुँदा दर्जनौं कामदारको मृत्यु भएको थियो।


प्रकाशित : २०८१ चैत्र २७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप