लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान

काठमाडौं, १ बैशाख । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् ।

 

उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो ।

 

कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने उनी एसियाकै पहिलो ब्याट्सम्यानसमेत बनेका छन् ।

 

उनी यस्तो उपलब्धि हासिल गर्ने एशियाकै पहिलो ब्याट्सम्यान बनेका छन् । कोहलीभन्दा पहिले अहिलेसम्म कुनै पनि एसियाली खेलाडीले यस्तो उपलब्धि हासिल गर्न सकेका थिएनन् । उनले आफ्नो टी–२० करियरको सयौं अर्धशतक बनाएर इतिहास रचे पछि उनका फ्यान खुसी भएका छन् ।

 

कोहलीले आईपीएल २०२५ को आफ्नो दोस्रो अर्धशतक राजस्थानविरुद्ध १४.३ ओभरमा बनाएका थिए। यसअघि केकेआरविरुद्धको खेलमा किंग कोहलीले अविजित अर्धशतक बनाएका थिए । यसपछि राजस्थान रोयल्सविरुद्ध कोहलीको ब्याट गर्ज्यो, यस खेलमा उनले ४५ बलमा ६२ रनको उत्कृष्ट अविजित इनिङ खेलेका थिए ।

 

यस क्रममा कोहलीले ४ चौकासहित २ छक्का प्रहार गरे । कोहलीले १३७.७८ को स्ट्राइक रेटमा ब्याटिङ गरेका हुन् ।

टी-२० मा सबैभन्दा बढी अर्धशतक बनाउने खेलाडीमध्ये डेभिड वार्नरको नाम पहिलो नम्बरमा छन् । उनले हालसम्म १०८ अर्धशतक बनाएका छन् । यसका साथै अब विराट कोहलीले १०० अर्धशतक बनाएर दोस्रो स्थानमा आफ्नो झण्डा फहराएका छन् । तेस्रो स्थानमा ९० अर्धशतक बनाएका बाबर आजम छन् । चौथो नाम जोस बटलरको हो। उनको नाममा ८६ अर्धशतकको रेकर्ड छ ।


प्रकाशित : २०८२ बैशाख १, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप