लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

नयाँदिल्ली, ३ बैशाख । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ।

 

जसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश गरिएको छ।

 

यस मुद्दाको सुनुवाई अप्रिल २५ मा दिल्लीको राउज एभिन्यू अदालतमा हुनेछ। अदालतले ईडीसँग मुद्दाको केस डायरी पनि मागेको छ। सन २०१२ मा बीजेपी नेता सुब्रमण्यम स्वामीले सोनिया, राहुल र तिनीहरूसँग सम्बन्धित कम्पनीहरूसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध यस विषयमा गुनासो गरेका थिए।

 

२०२५ अप्रिल १२ मा अनुसन्धानका क्रममा संलग्न सम्पत्ति जफत गर्ने कारबाही गरिएको थियो । ईडीले दिल्ली, लखनउ र मुम्बईमा ६६१ करोडको अचल सम्पत्ति कब्जा गर्न नोटिस जारी गरेको थियो।

 

यसअघि मंगलबार नै सांसद प्रियंका गान्धीका पति रोबर्ट वाड्रा प्रवर्तन निदेशालय (ईडी) को कार्यालय पुगेका थिए। जहाँ उनलाई गुरुग्रामको शिकोहपुर जग्गा घोटालामा सोधपुछ गरिएको थियो ।

 

कांग्रेस नेता जयराम रमेशले एक्समा लेखेका छन्, ‘यो प्रधानमन्त्री र गृहमन्त्रीले गरेको बदलाको राजनीति हो ।’

 

जयराम रमेशले अगाडी लेखेका छन्,  ‘नेसनल हेराल्डको सम्पत्ति जफत गर्नु राज्यद्वारा प्रायोजित अपराध हो, जसलाई कानुनको शासनको रूपमा लुकाईएको छ। सोनिया गान्धी, राहुल गान्धी र अन्य केही विरुद्ध आरोपपत्र दायर गर्नु भनेको प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट प्रतिशोधको राजनीति र धम्कीबाहेक केही होइन। तर, कांग्रेस र त्यसको नेतृत्व चुप लाग्दैन् । सत्यमेव जयते।’


प्रकाशित : २०८२ बैशाख २, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप