लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नातिनी जन्मने बितिक्कै सुनिल सेट्ठीले ज्वााईसँग मिलेर किने करोडौंको जग्गा

मुम्बइ, ४ बैशाख । बलिउडको सबैभन्दा ग्ल्यामरस जोडी मध्ये एक आथिया शेट्टी र क्रिकेटर केएल राहुल हालै आमाबुवा बनेका छन् ।

 

दुवैको घरमा एउटा सानो परी आएकी छिन् । यस अवसरमा सम्पूर्ण परिवार धेरै खुसी छन ।

 

यसै बिच, अब राहुलका ससुरा र अथियाका बुबा सुनील शेट्टीले ठूलो निर्णय लिएका छन्। खासमा सुनिलले ज्वाईं केएल राहुलसँग मिलेर करोडौं मुल्यको जमिन किनेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुनिल शेट्टीले हालै ज्वाइँ केएल राहुलसँग करोडौंको ७ एकड जमिन किनेका छन ।  सुनिल शेट्टी हालै हजुरबुवा बने पछि ससुरा र ज्वाइँ मिलेर जग्गा खरिद गरेका हुन । यो निर्णयले परिवार पनि थप खुसीमा रहेको छ। यो जग्गाको मूल्य करोडौं रहेको बताइएको छ ।

 

नवभारत टाइम्सको रिपोर्ट अनुसार सुनील शेट्टी र केएल राहुलको यो नयाँ जग्गाको मूल्य ९.८५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । स्क्वायर यार्डहरूको दर्ता महानिरीक्षकले कागजातहरूको निरीक्षणको क्रममा यो जानकारी प्रकाशमा आएको हो।

 

सुनिल शेट्टी र केएल राहुलले यस जग्गाको लागि ६८.९६ लाख रुपैयाँ स्ट्याम्प शुल्क र ३० हजार रुपैयाँ दर्ता शुल्क तिरेका छन्। यो जग्गा मुम्बईको ठाणे पश्चिमको ओवाले क्षेत्रमा अवस्थित रहेको छ।

 

सुनील शेट्टी र केएल राहुलसँग पहिले नै करोडौंको सम्पत्ति छ। यदि केएल राहुल र आथियाको नेटवर्थको कुरा गर्ने हो भने यो प्लटसहित लगभग १३० करोड रुपैयाँ रहेको बताइएको छ । यस बाहेक उनको मुम्बई, गोवा र बेंगलुरुमा लक्जरी घरहरू छन्, जुन प्राइम लोकेशनमा बनेका छन्।


प्रकाशित : २०८२ बैशाख ४, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप