लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

धनलक्ष्मी प्राविमा ४ कोठे भवन निर्माण हुदैँ

रौतहट, ५ बैशाख। रौतहटको कटहरिया नगरपालिका–५ स्थित धनलक्ष्मी प्राविमा ४ कोठे भवन निर्माण सुरु भएको छ।

 

विद्यालयमा विद्यार्थीको चाँप बढ्दै गएपछी मेयर अजयप्रकाश जैसवालको पहलमा ४ कोठे भवन निर्माण हुन लागेको हो। जैसवालले विधिवत रूपमा ब्राम्हणद्वारा मन्त्रोच्चारण पश्चात बुधवार एक समारोहका बिच भवनको शिलान्यास गरेका थिए।

 

शिलान्यास लगत्तै भवन निर्माण कार्य सुरु भएको धनलक्ष्मी प्राविका व्यवस्थापन समितिका अध्यक्ष दिनानाथप्रसाद कलवारले बताएका छन्। शिलान्यास समारोहमा नगर शिक्षा संयोजक अनिल निधि, सह संयोजक सुरेन्द्र ठाकुर, विद्यालयका प्रधानाध्यापक राकेश कुमर साह,वडा सदस्य नागेन्द्र यादव, व्यवस्थापन समिति सदस्य राजु साह कानु, जनप्रतिनिधि , शिक्षक, शिक्षिका लगायतको उपस्थित रहेको थियो।

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कुल १८ लाख रुपैयाँको लगतमा ४ कोठे भवन निर्माण हुन लागेको व्यवस्थापन समितिका अध्यक्ष कलवारले न्युज कारखानालाई जानकारी दिएका छन् ।


प्रकाशित : २०८२ बैशाख ५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप