लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बीरगञ्जको निषेधाज्ञा आज बिहान ७ बजेवाट हटने

वीरगञ्ज, ५ बैशाख । वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा आजवाट हटने भएको छ ।

बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जमा जारी निषेधाज्ञा शुक्रबार बिहान ७ः०० बजेदेखि हटाउने निर्णय गरेको हो।

गत शनिबार दिउँसो हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रामा हिन्दु र इस्लाम धर्मालम्बी बिच झडप भए पछि शनिबार बेलुकीदेखि कर्फ्यु लगाएको थियो।

 

त्यसपछि गत आइतबार राति १२ बजेदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।

शुक्रबार बिहान ७ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

 

शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइ फायर गरेको थियो भने उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फका १५ जना बढी घाइते भएका थिए। दर्जनौं पसलहरूमा तोडफोड भएको थियो ।


प्रकाशित : २०८२ बैशाख ५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप