लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

काठमाडौ, बैशाख ०६ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलको भाउ स्थिर रहेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ । अघिल्लो दिन शुक्रबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो ।     आज यूरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ०३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ७१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यसको मूल्य १० पैसाले बढेको छ । यसअघि शुक्रबार एक युरोको खरिदमूल्य १५४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ६१ पैसा तोकिएको थियो ।      त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ कायम गरिएको छ ।  यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ ।  यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शनिबार ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा कायम गरेको छ ।  साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।  

मुम्बई, ६ बैशाख । आमिर खान आफ्नो आगामी फिल्म ‘सितारा जमीं पर’ लाई लिएर लामो समयदेखि चर्चामा रहेका छन् ।

 

तर, केही समयअघि फिल्मसँग सम्बन्धित एउटा स्पेशल अपडेट आएको थियो, जसमा फिल्मको रिलिज मिति तोकिएको थियो। अहिलेको कुरा गर्ने हो भने, आमिरले पहिलो पटक फिल्मसँग सम्बन्धित पात्रको बारेमा कुरा गरेका छन् । चलचित्रमा १ वा २ नभई १०–१० जना मुख्य पात्र रहेको खुलेको छ।

सन् २००७ मा आमिर खानको फिल्म ‘तारे जमीं पर’ रिलिज भएको थियो, जसलाई मानिसहरुले निकै मन पराएका थिए । यही कारणले गर्दा यो फिल्मको घोषणा भएदेखि नै यो फिल्मलाई लिएर दर्शकमा निकै नै उत्साह रहेको छ ।

हालै बलिउड हंगामासँगको कुराकानीमा अभिनेताले फिल्मका पात्रहरुको बारेमा कुरा गरेका थिए । ‘सितारे जमीं पर’ का मुख्य पात्रमध्ये कसैलाई डाउन सिन्ड्रोम र कोही अटिस्टिक भएको अभिनेताले खुलासा गरेका छन्।

 

चलचित्रमा अधिकांश मुख्य पात्र अपाङ्गता भएका व्यक्तिले खेलेको अभिनेताले बताएका छन् । आमिर खानलाई उद्योगको ‘मिस्टर परफेक्शनिस्ट’ भनिन्छ । किनभने अमिर खानले सधैं केही विशेष समस्याहरू फिल्ममार्फत ल्याउँछन् र दर्शक सामु प्रस्तुत गर्ने गर्छन्।

यो चलचित्रको कुरा गर्दा यसको सम्पादनको काम सकिएको छ । फिल्मको ट्रेलर मे १ मा रिलिज हुदैँछ तर  फिल्मको रिलिज मिति भर्खरै तय भएको छ, जो अब २० जुनमा रिलिज हुनेछ ।

यो फिल्म भन्दा पहिले ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान सन् २०२२ मा रिलिज भएको ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । ३ बर्षको लामो समय पछि आमिरको पुनरागमनलाई लिएर मानिसहरुले धेरै अपेक्षा गरेका छन् ।  फिल्ममा आमिर खानसँगै जेनेलिया देशमुख पनि छिन् तर अरू कलाकारकाे नाम भने अझै खुलाइएकाे छैन ।

 


प्रकाशित : २०८२ बैशाख ६, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप