लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ?

काठमाडौ, बैशाख ०६ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ । अघिल्लो दिन शुक्रबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ०३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ७१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यसको मूल्य १० पैसाले बढेको छ । यसअघि शुक्रबार एक युरोको खरिदमूल्य १५४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ६१ पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८१ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शनिबार ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : २०८२ बैशाख ६, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप