लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

काठमाडौं, १४ बैशाख । प्रेस चौतारी नेपालले आज प्रहरी–शिक्षक झडपमा घाइते भएकी पत्रकार सबिना कार्की माथी भएको घटनाको छानबिन गर्न माग गरेको छ।

काठमाडौंको नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनको क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस चौतारी नेपाल गम्भीर ध्यानआकर्षण भएको जनाएको हो ।

 

आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा आँखामा परेर पत्रकार कार्कीको दुबै आँखामा गम्भीर चोट लागेपछि प्रहरी आफैले बोकेर वीर अस्पतालको ट्रमा सेण्टर हुँदै तिलगंगा आँखा अस्पताल लगेको विवरण प्राप्त भएको जनाएकाे छ ।

 

चाैतारीका महासचिव हिरामान लामाले एक प्रेस बिज्ञप्ति जारी गर्दै भने, ‘नागरिक सुसूचित गराउने धर्म निर्वाह गर्न कर्मथलोमा खटिएकी श्रमजीवी पत्रकारमाथि भएको यो घटनाको प्रेस चौतारी नेपाल घोर निन्दा एवं भत्सर्ना गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न, घाइते पत्रकार कार्कीको उपचारको व्यबस्था मिलाउन तथा क्षतिपूर्तिका लागि जोडदार माग गर्दछ । साथै, समाचार संकलनमा खटिएका पत्रकारलाई सुरक्षाको प्रबन्ध गर्न प्रेस चौतारी राज्यसँग माग जोडदार गर्दछ ।’


प्रकाशित : २०८२ बैशाख १४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप