लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

श्रम संसार पोर्टलले सही सुचना सम्प्रेषण गर्छ: श्रम मन्त्री भण्डारी

काठमाडौं, १६ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरु बञ्चित हुनु परेको बताएका छन ।

मंगलवार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सन्चालन सम्बन्धमा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री सही सुचनाको अभावमा युवाहरु रोजगारीको अवसरबाट बञ्चित हुनु परेको बताएका हुन ।

मन्त्री भण्डारीले आफु मन्त्री भएर मन्त्रालयमा आएपछि दुई युवाहरु भेटेर  रोजगारी माग्न आउँदा देशभित्र कसरी एकिकृत रोजगारी सूचना दिने सन्दर्भमा आएको अवधारणा अनुसार श्रमसन्सार पोर्टलको अविष्कार भएको बताए ।

उनले भने, यो केवल एक सामान्य पोर्टल मात्र होइन, मलाई विश्वास छ, यो एउटा सामाजिक क्रान्तीको रुपमा स्थापित हुनेछ, यसले युवाहरुलाई देश भित्र पनि मिहनेत र आत्मविश्वास भर्नेछ ।

 

मन्त्री भण्डारीले देशभित्र सोसफोर्स नभए रोजगारी वा कुनै पनि अवसर पाउन नसकिने दुःखद भाष्य निर्माण भएको चिन्ता व्यक्त गर्दै क्षमता र योग्यताको आधारमा रोजगारीको अवसर सृजना गर्न यस पोर्टल मार्फत युवाहरुमा विश्वास जगाउने विश्वास व्यक्त गरे ।

वैदेशिक रोजगारका लागि उचित सूचना अभावका कारण विचौलियाहरुले गाउँघरमा ठग्ने गरेको जिकिर गर्दै यसको सदुपयोग गरी सात सय ५३ वटा स्थानीय तहमा यसले सही सुचना संप्रेषण गर्ने उनले बताए ।

उनले भने, `अब सबै स्थानीय तहमा एकिकृत रुपमा वैदेशिक तथा स्वदेशमा भएका रोजगारका अवसरहरुको सही सूचना संप्रेषण हुनेछ, यसले विचौलियाहरुको धन्धा बन्द भई आफनै गाउँघरमा ठगिन रोकिने छ ।´
मन्त्री भण्डारीले सबैको सहयोग, साथ र सहकार्यले सूचना प्रविधिको सही सदुपयोग गरी एकिकृत एकद्धार सूच्ना प्रणाली स्थापित गर्नु नै मुख्य उदेश्य रहेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्विस सरकारको सहयोगमा निर्माण भएको श्रमसन्सार रोजगारी पोर्टल यही मे १, विश्व मजदुर दिवस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट लन्च गरिनेछ ।


प्रकाशित : २०८२ बैशाख १६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप