लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

काठमाडौं, १६ बैशाख । प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ ।    मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार बिधेयक पारित गरेको हो ।   तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको बिधेयक १८ महिना पछि आज बल्ल आज पारित भएको हो ।   अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको सो बिधेयक प्रतिनिधिसभा पछि अब राष्ट्रियसभामा जानेछ ।  

हैदरावाद, १६ बैशाख । सुपरस्टार जुनियर एनटीआरको बहुप्रतिक्षित एक्शन ड्रामा फिल्म जुन २०२६ मा रिलिज हुने भएको छ।

 

केजीएफ निर्देशक प्रशान्त नीलको साथमा ‘ड्रयागन’ नामक चलचित्र जुन २०२६ मा ठूलो पर्दामा आउने पक्का भएको निर्माताहरूले मंगलबार घोषणा गरेका छन् ।

 

सोशल मिडिया प्लेटफर्म एक्समार्फत एनटिआर आर्टसले घोषणा गर्‍यो कि यो चलचित्र २५ जुन २०२६ मा धेरै भाषाहरूमा रिलीज हुनेछ। निर्माताहरूले जुनियर एनटीआरको ४२ औं जन्मदिन अर्थात मे २० मा हुने फर्स्ट लुक सार्बजनिक गरिने भएको छ।

एनटिआर नील फिल्म सुरुमा नयाँ बर्ष २०२६ मा रिलीजको लागि घोषणा गरिएको थियो तर अब यसलाई जुनमा सारिएको छ। फिल्मको छायांकन भर्खरै सुरु भएको छ जबकि आरआरआर स्टार गत २२ अप्रिलमा यसको सुटिङमा सामेल भए। यो आगामी वारः२ पछि अभिनेताको अर्को फिल्म रिलिज हुनेछ, जुन यस वर्ष अगस्ट १४ मा ठूलो पर्दामा आउँदैछ।

 

यसैबीच, जुनियर एनटीआरसँग जेलर निर्देशक नेल्सन दिलीपकुमारसँग र निर्देशक कोरतला शिवको देवराको दोस्रो भागमा पनि काम गर्दैछन् । दुबै फिल्म ड्र्यागनको सुटिङ सम्पन्न भएपछि सुरु हुनेछ।


प्रकाशित : २०८२ बैशाख १६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप