लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर

काठमाडौं, ३ जेठ । विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।

 

क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्याच खेल्नुका साथै अन्य चीजबाट पनि धेरै पैसा कमाउँछन्। क्रिकेट म्याच खेल्नु बाहेक क्रिकेट खेलाडीहरू बिज्ञापन, ब्रान्ड एम्बेस्डर, व्यापार र उद्यमहरूसँग सम्बन्धित छन्, जसले यी खेलाडीहरूको आर्थिक आम्दानी बढाउँछ।

 

विश्वका सबैभन्दा धनी खेलाडी सचिन तेन्दुलकर हुन्, जसलाई क्रिकेटका भगवान भनिन्छ । टाइम्स अफ इन्डियाका अनुसार अनुसार सचिन तेन्दुलकरको कुल सम्पत्ति १७० मिलियन डलर छ।

 

यो सूचीमा दोस्रो नम्बरमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी रहेका छन् । सन २०२४ को रिपोर्ट अनुसार धोनीको कुल सम्पत्ति १११ मिलियन डलर छ। हालको समयमा यो मूल्यमा भिन्नता देख्न सकिन्छ।

 

विराट कोहली यस युगका सबैभन्दा धनी खेलाडी मध्ये एक हुन् । टाइम्स अफ इन्डियाका अनुसार विराटको कुल सम्पत्ति ९२ मिलियन डलर छ । विराटको वन ८ नामका धेरै होटल चेन पनि रहेका छन् ।

 

चौथौं सूचीमा अस्ट्रेलियाली क्रिकेट टिमका पूर्व कप्तान रिकी पोन्टिङ पनि परेका छन् । पोन्टिङको कुल सम्पत्ति करिब ७० मिलियन डलर रहेको छ।

 

पाँचौमा भने विश्वका उत्कृष्ट खेलाडीमध्ये एक ब्रायन लारा परेका छन । वेस्ट इन्डिजका पूर्व खेलाडीको कुल सम्पत्ति करिब ६० मिलियन डलर मानिएको छ ।


प्रकाशित : २०८२ जेष्ठ ३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप