लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं

हैदाराबाद, ४ जेठ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना यतिखेर ‘पान इन्डिया स्टार’ बनि सकेकी छिन् । पछिल्लो छोटो समयमा उनले पुष्पा २, छावा र एनिमलजस्ता धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् ।

 

तर, अभिनेत्री अन्तिम पटक सलमान खानसँग सिकन्दरमा देखिएकी थिइन्, तर त्यो फिल्मले बक्स अफिसमा खासै कमाल भने गर्न सकेन । तर फेरी पनि एकपटक रश्मिका आफ्नो नयाँ फिल्मबाट थप चर्चामा आएकी छिन् ।

 

अब रश्मिका धनुषसँग ‘कुबेर’मा देखिदै छिन । तर, अचम्म यो फिल्मले  रिलिज अघि नै करोडौं कमाइ गर्न सफल भइसकेको छ । ‘कुबेर’ एक एक्सन ड्रामा फिल्म हो, जुन २० जुनमा रिलिज हुँदैछ।

 

यस फिल्ममा नायिकासँगै साउथका चर्चित अभिनेता धनुष पनि देखिने छन् । यो फिल्म मुम्बईको गरिबीबाट धनी बनेको कथामा आधारित रहेको बताइएको छ । फिल्मको कथा र बजेटलाई लिएर चलिरहेको चर्चाका अनुसार यो फिल्म पनि अब रश्मिकाको अर्को हिट फिल्मको लिस्टमा पर्न सक्छ ।

 

किनभने, यो फिल्मको डिजिटल अधिकार भने रिलिज हुनुअघि नै खरिद गरि सकिएको छ । रिपोर्टका अनुसार अमेजन प्राइमले ‘कुबेर’ को डिजिटल अधिकार ५० करोडमा किनेको छ । सियासत डटकमका अनुसार यो फिल्म तेलुगु सिनेमामा सबैभन्दा ठूलो ओटीटी सम्झौता हुन सक्ने जनाइएको छ। यस फिल्ममा रश्मिका मन्डन्ना र धनुषसँगै नागार्जुन पनि समावेश रहेका छन्, तीनैजना बलियो कलाकार भएकाले फिल्मलाई लिएर दर्शकमा निकै उत्साह र प्रतिक्षा रहेको छ ।

 

सियासत डटकमका अनुसार यो फिल्म १२० करोडको बजेटमा बनेको हो, जुन धनुषको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म हो । यो फिल्म तेलुगुसँगै तमिल र हिन्दीमा पनि रिलिज हुनेछ । ‘कुबेर’  शेखर कममुलाद्वारा निर्देशित एक उच्च बजेट एक्शन फिल्म हो।


प्रकाशित : २०८२ जेष्ठ ४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप