लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

मकवानपुर, ८ जेठ । हेटौडामा पहिलो पटक इ–स्पोटर्स अन्तरगत फ्रि फायर प्रतियोगिता आयोजना भएकाे छ ।

 

आयोजकले  पत्रकार सम्मेलनको आयोजना गरेर हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजना प्रतियोगिता हुन लागेको जानकारी दिएको छ ।

 

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईले बिहीबार देखि सुरु हुने इ–स्पोट्र्स अन्तर्गत फ्रि फायर प्रतियोगितामा १ हजार जना सहभागीहरू निश्चित भइसकेको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागि ३ दिनमै एक हजार सहभागीको आवेदन प्राप्त भएपछि आवेदन लिन बन्द गरिएको उहाँले बताउनुभयो ।

 

प्रतियोगितामा प्रारम्भिक चरणका खेलहरू अनलाइनमार्फत नै हुने र क्वार्टरफाइनल चरणदेखिका खेल भौतिक रुपमा उपस्थिति भएर हुने उहाँले बताउनुभयो । हेटौँडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रयोजन रहेको प्रतियोगिताको भौतिक रुपमा हुने खेलहरू हेटौँडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा हुने बताइएको छ । प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने साथै जम्मा पुरस्कार रकम १ लाख रुपैयाँ हुने आयोजकले जानकारी दिएको छ ।

 

कार्यक्रममा टेलिभिजनका अध्यक्ष उज्जवल चौलागाईले अहिलेको सूचना प्रविधिमा आधारित युवा पुस्ता माझ लोकप्रिय खेल पहिलो पटक आयोजना गर्न लागिएको बताउनुभयो । प्रतियोगितामा १६ वर्ष उमेर पूरा भएका व्यक्तिले मात्रै सहभागिता जनाउन पाउने जनाइएको छ ।


प्रकाशित : २०८२ जेष्ठ ९, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप