लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एनिमल डाइरेक्टर नयाँ फिल्ममा ‘किसिङ गर्ल’लाई दिए ठुलाे भुमिका

हैदाराबाद, १२ जेठ । निर्देशक सन्दीप रेड्डी वांगाको अत्यधिक प्रतिक्षित पुलिस एक्शन थ्रिलर स्पिरिट विगत केही दिनदेखि महिला मुख्य भूमिका खोजी भइरहेको थियो ।

 

म्याभरिक फिल्म निर्माताले अन्ततः पान इन्डिया सुपरस्टार प्रभासलाई रोमान्स गर्न आधिकारिक रूपमा नयाँ हिरोइनलाई लक गरेका छन्।

 

सन्दीप रेड्डी वाङ्गाले सामाजिक सञ्जालमा घोषणा गरे अनुसार अब प्रभासको ओपिजिटमा तृप्ति डिमरी हुने भएकी छिन । यसअघि वलिउड अभिनेत्री दीपिका पादुकोण प्रभासको मुख्य नायिका हुने चर्चा चले पनि अन्ततः एनिमलकी ‘किसिङ गर्ल’ तृप्तीले बाजी मारेकी हुन् ।

‘स्पिरिट’ मा तृप्तीको सन्दीप वांगासँग एनिमल (२०२३) पछिको दोस्रो फिल्म  हो भने र प्रभाससँगको उनको पहिलो फिल्म हो। चलचित्रमा ठूला कलाकारको सहभागिता रहनेछ र निर्माताहरुले समयमै यसको लागि आधिकारिक घोषणा गर्नेछन् ।

 

आगामी फिल्म टी–सिरिज र भद्रकाली पिक्चर्सले निर्माण गर्नेछ । चलचित्रको सुटिङ यसै वर्षको सेप्टेम्बर र अक्टोबरबाट सुरु हुने र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषामा रिलिज हुने बताइएको छ ।


प्रकाशित : २०८२ जेष्ठ १२, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप