लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भन्सार छलीका १३ लाख बराबरको अबैधसमानसहित पक्राउ

पर्सा १३ जेठ । पर्सा स्थित प्रहरी गस्ती टोलीले भन्सार छलीको बिभिन्न औषधी, गाडी सहित मानिस पक्राउ गरेको छ।

 

विशेष सूचनाका आधारमा  जिल्लाको विन्दवासिनी गाउँपालिका  ४ स्थित मधवल सडकखण्ड हुँदै भारतबाट भन्सार छली गरी ल्याइएका अवैध औषधिसहित गाड़ी र एकजना युवकलाई प्रहरीले पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विभिन्न प्रकारका औषधिहरू अवैध रूपमा लोड गरिएको बरामद भएको छ।

 

ती औषधिहरूको कुनैपनि भन्सार बिलबिजक नभेटिएपछि गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ निवासी २४ वर्षीय सुनिल कुमार राम रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।

 

बरामद औषधिको अनुमानित मूल्य १२ लाख ७८ हजार ५२० रुपैयाँ बराबर रहेको एसपी मिश्रले जानकारी दिएका छन्। पक्राउ परेका व्यक्ति, पिकअप गाडी र बरामद औषधिहरू थप अनुसन्धान र कारवाहीका लागि  वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८२ जेष्ठ १३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप