लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जापनमा पक्राउ परे सिरियल बलात्कारी, ५० महिला बलात्कार गरी बनाए ३ हजार भिडियो

टोकियो, १४ जेठ । जापानको टोकियो प्रहरीले गत बिहीबार पुर्व टयाक्सी चालकलाइ पक्राउ गरेको थियो ।

 

एक महिलालाई निद्राको चक्की खुवाएर र भिडियो रेकर्ड गरेर बलात्कार गरेको आरोपमा ती ५४ वर्षीय पूर्व ट्याक्सी चालकलाई पक्राउ गरे पछि जे कुरा बाहिर आयो, त्यसले चकित बनायो ।

 

यो गिरफ्तारीले जापानमा महिला सुरक्षा र डिजिटल अपराधको बारेमा गम्भीर चिन्ता बढाएको छ, उनको हर्कत देखेर अहिले जापानमा ठुलो बहससमेत भइरहेको छ।

प्रहरीले उनको साथबाट झण्डै ३ हजार भिडियो र तस्बिर बरामद गरेको छ, जसमा उनले विभिन्न ५० महिलासँग यौन दुराचार गरेको कथित प्रमाण देखिएको छ । यी भिडियोहरू २००८ देखि अहिले सम्मको भनिएको छ, जसले अपराधको लामो अवधि र पूर्व नियोजित योजना देखाएको छ ।

 

प्रहरीका अनुसार पीडित महिला ट्याक्सी यात्रु हुँदा अभियुक्तले निशाना बनाएका थिए । उसले सुरूमा महिलालाईई केही पिउन दिने, जसमा निद्राको चक्की थियो। पीडित युवती बेहोस भए पछि घरमा लगेर यौन दुव्र्यवहार गर्ने र भिडियो बनाउने गरेको खुलेको हो । यो अपराध शारीरिक मात्र होइन डिजिटल र मानसिक शोषणको गम्भीर मामला हो।

प्रहरीले गरेको अनुसन्धानका क्रममा अभियुक्तको मोबाइल र अन्य डिजिटल उपकरणबाट हजारौं भिडियो र तस्विर फेला परेको थियो । यस फुटेजको मिति २००८ देखि २०२४ सम्म रहेको भेटिएको छ ।

 

तीमध्ये धेरै महिलाहरू अहिले पहिचान भइरहेका छन्। जापान टाइमको रिपोर्टका अनुसार अभियुक्तको कपालमा लागुऔषधको निशान पनि भेटिएको छ, जसले उनको अपराधको प्रमाणलाई थप बलियो बनाएको छ ।

 

यस अभियुक्तलाई यसअघि अक्टोबर २०२४ मा एक महिलालाई लागुऔषध खुवाएर ४०,००० येन चोरेको आरोपमा पक्राउ गरिएको थियो। त्यतिबेला उनी केही समयपछि रिहा भएका थिए ।

 

तर, डिसेम्बर २०२४ मा अर्की महिलासँग आपत्तिजनक व्यवहार गरेको आरोपमा उनलाई फेरि पक्राउ गरियो। अब जनवरी २०२५ मा भएको एक घटनालाई लिएर प्रकाउ परे पछि उनी माथी गम्भिर छानबिन भइरहेको छ।


प्रकाशित : २०८२ जेष्ठ १४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप