लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चीनले बनाईरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन ९६०० हतियार

 

काठमाडौं, २३ जेठ । संसारभरका देशहरू आफ्नो परमाणु शक्ति बढाउन व्यस्त रहेका छन्।

इरान नयाँ आणविक धनी देश बन्न तयार भइरहेको बेला पूर्व आणविक धनी देशहरू पनि दिन प्रतिदिन आफ्नो आणविक भण्डारण बढाइरहेका छन् ।

 

एक जापानी थिंक ट्याङ्कको अनुमान अनुसार ९ देशको तयार आणविक हतियारको संख्या गत वर्षको तुलनामा थोरै बढेर ९ हजार ६ सय पुगिसकेको छ। उनका अनुसार रुस, अमेरिका र चीनले तिब्र गतिमा आफ्नो आणविक शक्ति बढाइरहेका छन् र आणविक हतियारको आकारको हिसाबले विश्वका तीन ठूला देश बनेका छन् ।

 

र, यो वर्ष मानव इतिहासमा आणविक हतियारको पहिलो प्रयोग भएको ८० वर्ष हो । तर, दोस्रो विश्वयुद्धपछि अर्को देशविरुद्ध यस्तो ठूलो विनाशकारी हतियार प्रयोग भएको छैन । यद्दपी,  दक्षिण एसियाका दुई आणविक प्रतिद्वन्द्वी भारत र पाकिस्तानले गत महिनामा मात्रै यस्तो खतरा बढाउँदै सामूहिक गोलीबारीमा उत्रेका थिए ।

 

तर, यो खतरा घटिरहेको छैन किनभने आणविक हतियारधारी देशहरूले लगातार आफ्ना आणविक हतियारहरू बढाइरहेका छन्। हालैका वर्षहरूमा चीनले आफ्नो त्यस्ता हतियारहरू तीव्र गतिमा बढाएको छ।

रूससँग हाल सबैभन्दा ठूलो तैनाथ आणविक हतियार छ रहेको, जोसँग ४३१० वारहेडहरू छन, सन २०१८ को तुलनामा ०.८  प्रतिशत कमी हो जबकि अमेरिकासँग ३७०० रहेको थियो, जो उसको भन्दा २ प्रतिशतले कमि मात्रै हो । यसको विपरित चीनको हतियार भने १५० प्रतिशतले बढेर ६०० वारहेड पुगिसकेको जनाइएको छ ।

 

सबै आणविक धनी देशहरू मध्ये चीनले आफ्नो हतियारको संख्या सबैभन्दा छिटो बढाएको छ, बितेका केवल ५ वर्षमा आफ्नो हतियारमा ३६० नयाँ आणविक हतियार थपेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले देशलाई आणविक शक्तिको निर्माणलाई तीव्रता दिन आदेश दिइरहेका छन् ।

 

रुस बाहेक अमेरिका र चीन, फ्रान्स, बेलायत, इजरायल, भारत, पाकिस्तान र उत्तर कोरियासँग परमाणु हतियार भएको पुष्टि वा विश्वास गरिएको छ। पछिल्लो समाचार अनुसार उत्तर कोरियाले त्यस्ता हतियार तीब्र गतिमा बढाइरहेको छ।


प्रकाशित : २०८२ जेष्ठ २३, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप