लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

२२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतमा २६ पिन्ट रगत संकलन

सुर्खेत । २२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतको विरेन्द्रनगर–१ मा आयोजित रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको छ । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवास कुमार शाक्यले रगत कुनै पसलमा किनेर नपाइने जीवनको अमूल्य वस्तु भएकाले यसलाई स्वैच्छिक रूपमा दान गर्नु नै मानव सेवा र जीवन बचाउने सर्वोत्तम कार्य भएको बताउनुभयो । साथै, उहाँले सम्पूर्ण रक्तदाताहरूप्रति आभार प्रकट गर्दै नियमित रक्तदानमा सबैलाई सहभागी हुन आह्वान गर्नुभयो ।

त्यस्तै कार्यक्रमका सभापति समाजका सुर्खेत अध्यक्ष अशोक कुमार सिंहले जेठ ३१ गते पर्ने विश्व रक्तदाता दिवसलाई लक्षित गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले रगतको अभावका कारण कोही कसैको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो । समाजका कार्य समिति सदस्य प्रवेश शर्माको संयोजन एवं मालती विकले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतले  गरेको थियो । विश्व रक्तदाता दिवस हरेक वर्ष जुन १४ (जेठ ३१) मा विश्वव्यापी रूपमा मनाइन्छ। यस दिवसको उद्देश्य स्वेच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नु र रक्तदातालाई सम्मान प्रकट गर्नु हो ।


प्रकाशित : २०८२ जेष्ठ २४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप