लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

 

सञ्जय मिश्रा

रौतहट २७ जेठ। रौतहटको कटहरिया नगरपालिका १ माबी भासेढवाको कम्प्युटर चोर्ने ३ जना पक्राऊ परेका छन्।

 

पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा बर्ष २७ को मुकेश दास, सोही ठाउँका जयमङल दासको छोरा बर्ष १९ को राधेश्याम दास र बिजय दासका छोरा बर्ष १८ को राजु दास रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।

 

उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर चोरी शिर्षक मुद्धामा म्याद थप भै अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्।

 

गत शनिवार राती मावि भसेढवाको बिद्यालय भवनकी दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट थान १ चोरी गरी लगेको थियो।

 

चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलिपल्ट आईतवार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा बिद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै विद्यालयमा पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

माबी भासेढवामा यसभन्दा अगाडि दुई पटक चोरी भएको थियो । २०७७ साल र २०८१ सालमा विद्यालयको कम्प्युटर लगायतको सामान चोरी भएको प्रधानाध्यापक राममंगल यादवले बताएका छन्। विद्यालयको छेउमै घर भएको आरोपीहरुले विद्यालयमा यस अघि पटक पटक चोरी गरेको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

रौतहटको सामुदायिक विद्यालयमा चोरीको घटना हुँदा राजनीतिक दवाब देखि अनेकन प्रभाव परेको कारण घटना लाई भित्र भित्रै मिलाउने परम्पराको कारण चोरको मनोबल उच्च भएको स्थानीयहरूले बताएका छन्।


प्रकाशित : २०८२ जेष्ठ २७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप